स्वतन्त्र सांसद महावीर पुन फेरि मन्त्री बन्ने भएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पुनलाई मन्त्री नियुक्त गर्न लागेका हुन्।
प्रधानमन्त्री बालेनकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले पुन मन्त्री बन्न लागेको पुष्टि गरिन्।
‘उहाँ आज विज्ञान प्रविधि तथा नव प्रवर्तनमन्त्री बन्दै हुनुहुन्छ,’ दाहालले नेपालखबरसँग भनिन्।
सुशिला कार्की नेतृत्वको चुनावी सरकारमा पनि पुन शिक्षामन्त्री थिए।
चुनावअघि (माघ ६ गते) राजीनामा दिएर उनी म्याग्दीबाट प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका थिए।
रास्वपाले चुनावमा पुनलाई समर्थन गरेको थियो।
त्यतिबेला मन्त्रीबाट राजीनामा दिँदा पुनले शिक्षा सुधारका निम्ति तयार पारिएका ३ वटा विधेयक विधायन समितिमा थन्किँदा आफूलाई ठेस लागेर राजीनामा दिएकाे बताएका थिए।
‘गर्न सकेको कुरा त्यहाँ गएर गर्न सकिएन। ठेस लाग्यो र त्यसो भएर चुनावमा आएको हो।प्रधानमन्त्रीज्यूले रिसाएर जानुभयो महावीरज्यू भन्नुभा’छ, रिसाएर हैन, ठेस लागेको हो, ठेस लागेकोलाई रिस भन्न मिल्दैन। त्यो कानुन (आफूले अगाडी सारेका ३ वटा विधेयक) माघ ४ गतेभित्र पास भएको भए म चुनाव लड्ने मान्छे हैन’ उनले भनेका थिए।
पुनकै मागअनुसार सरकारले शिक्षा मन्त्रालयलाज्ञ फुटाएर विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको थियो।
Shares

प्रतिक्रिया