नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भनेर दिएको अभिव्यक्ति राष्ट्रघाती भएको बताएका छन्।
बुधबारदेखि काठमाडौँमा सुरु भएको एमालेको राष्ट्रिय कार्यशाला उद्घाटन समारोहमा बोल्दै ओलीले प्रधानमन्त्री बालेनलाई जथाभावी गनर्न र नबोल्न चेतावनी दिए।
‘नेपालले कसैको एकइन्च जमिन पनि मिचेको छैन। बालेनले कसको हितमा बोले त्यो कुरा,’ उनले प्रश्न गरे, ‘देश द्रोही अभिव्यक्ति उनले दिएका छन्। यो मान्य छैन।’
ओलीले अरु देशलाई हाम्रो सीमा विवादमा जोड्नु जरुरी नभएको बताए।
‘अरु देशलाई हाम्रो सीमा विवादमा जोड्नु जरुरी छैन,’ ओलीले भने, ‘प्रधानमन्त्री संवाद भइरहेको छ भन्छन्। अर्को देशलाई किन सामेल गर्ने? यति अराजनीतिक, अकुटनीतिक कुरा पनि बोलिन्छ?’
उनले छिमेकीहरुबीच कुनै विवाद पर्यो भने दुईपक्षीय बसेर समाधान गरिनुपर्ने उनले बताए।
बालेनको नाम लिँदै ओलीले भने, ‘नेपाल तपाईको घर मात्रै होइन। तपाई जन्मिनुभन्दा धेरै अघि देखिको देश हो नेपाल। गाई कि त्रिशूल जस्तो गरेर आएका प्रधानमन्त्रीलाई देशमा जथाभावी गर्न दिइने छैन।’
ओलीले सेनाको भूमिकाप्रति पनि प्रश्न गरे। सेना बालेनको पक्षमा र सुकुम्बासीको विपक्षमा देखिएको आ।रोप उनले लगाए। ‘सेना निस्पक्ष भएन,’ उनले भने।
Shares

प्रतिक्रिया