राजनीति


काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिः शिक्षामन्त्रीले आफ्नै संयोजकत्वमा बनाए सिफारिस समिति

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिः शिक्षामन्त्रीले आफ्नै संयोजकत्वमा बनाए सिफारिस समिति

नेपालखबर
जेठ १९, २०८३ मंगलबार २०:५९, काठमाडौँ

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन गरिएको छ। विश्वविद्यालयको १०१ औँ सभा (सिनेट) बैठकले समिति गठन गरेको हो।

विश्वविद्यालयका सहकुलपतिसमेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा मंगलबार भएको बैठकले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ।

समितिको संयोजकमा सहकुलपति मन्त्री पोखरेल छन्। समितिको सदस्यमा रेशु अर्याल ढुंगाना र प्राडा सुरेशराज शर्मा रहेका छन्।

ढुंगाना राष्ट्रिय योजना आयोगको सदस्य हुन् भने शर्मा काठमाडौँ विश्वविद्यालय संरक्षण समिति अध्यक्ष तथा विश्वविद्यालयका संस्थापक उपकुलपति हुन्।

समितिले उपकुलपति पदका लागि योग्य उम्मेदवारहरूको छनोट गरी सिफारिस गर्नेछ। यससँगै विश्वविद्यालयमा नयाँ नेतृत्व चयन प्रक्रिया औपचारिकरूपमा अगाडि बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad