राजनीति


प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

फाइल फोटो


नेपालखबर
जेठ १९, २०८३ मंगलबार ९:३, काठमाडौँ

संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ। 

मंगलबार दिउँसो १ बजे बस्ने बैठकका लागि संघीय संसद् सचिवालयले कार्यसूची तय गरेको छ। 

बैठकको सुरुमा सभामुख डीपी अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यतालिका छ।

त्यसैगरी बैठकमा आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पनि अर्थमन्त्री वाग्लेले प्रस्तुत गर्नेछन्। 

अर्थमन्त्रीले प्रस्ताव प्रस्तुत गरेसँगै सदनमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल सुरु हुने संसद् सचिवालयले जनाएको छ। 

तर, आजको बैठक पनि सहज ढंगले सञ्चालन हुने सम्भावना कम छ। 

गएको आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा राष्ट्रियताविरुद्ध अभिव्यक्ति दिएको भन्दै सबै विपक्षी दलले प्रतिनिधिसभा सञ्चालनमा अवरोध गर्दै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad