राजनीति


राष्ट्रियसभाको बैठक पनि आज बस्दै

राष्ट्रियसभाको बैठक पनि आज बस्दै

फाइल फोटो


नेपालखबर
जेठ १९, २०८३ मंगलबार ९:६, काठमाडौँ

संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक पनि आज बस्दै छ। 

दिउँसो सवा १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ। 

राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ। 

त्यसैगरी अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ। 

बैठकमा अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने र छलफल सुरु गर्ने कार्यसूची छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad