नेपाली कांग्रेसले विरोध प्रदर्शनका क्रममा आफ्ना विद्यार्थी नेताहरूलाई पक्राउ गरेको भन्दै ध्यानाकर्षण जनाएको छ।
सोमबार कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले एक प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ परेका विद्यार्थी नेताहरूलाई अविलम्ब छाड्न माग गरेका हुन्।
‘शान्तिपूर्णरूपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको संविधानप्रदत्त अधिकार माथि ठाडो उल्लंघन गर्दै विद्यार्थी नेताहरूलाई गिरफ्तार गर्नु अत्यन्त निन्दनीय घटनाको रूपमा नेपाली कांग्रेसले लिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को अभिव्यक्तिविरुद्ध विरोध प्रदर्शन गरिरहेका राजकुमार बस्नेत, अुर्जन कार्की, आदित्य दास, दिनेश कार्की, मोहन कालाथोकी र गौरव पाण्डेलाई प्रहरीले सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको थियो।
बालेनले आइतबार सदनमा ‘भारतले मात्रै होइन नेपालले पनि भारतको जग्गा मिचेको’ भनेर अभिव्यक्ति दिएका थिए। यसको चौतर्फी आलोचना भइरहेको छ।

प्रतिक्रिया