राजनीति


प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी संगठनको आपत्ति, प्रतिरोध गर्ने चेतावनी

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी संगठनको आपत्ति, प्रतिरोध गर्ने चेतावनी

नेपालखबर
जेठ १७, २०८३ आइतबार २१:४२, काठमाडौँ

विभिन्न १० वटा विद्यार्थी संगठनहरूले प्रधानमन्त्री वालेन्द्र शाहले संसद बैठकमा दिएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। 

आइतबार संयुक्त विज्ञप्ति प्रकाशित गरी विद्यार्थी संगठनहरूले प्रधानमन्त्रीले ‘राष्ट्रघाती अभिव्यक्ति’ दिएको भनदै भर्त्सना गरेका हुन्। 

उनीहरूले ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा लगायतका नेपाली भूमिमाथि भारतीय अतिक्रमण जारी रहेको अवस्थामा प्रधानमन्त्रीबाट नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई कमजोर बनाउने तथा जनताको राष्ट्रिय भावनामाथि चोट पुर्‍याउने अभिव्यक्ति आउनु गम्भीर र निन्दनीय विषय हो’ भनेका छन्। 

साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको भारत भ्रमणअघि उक्त पार्टीका वरिष्ठ नेता तथा नेपालका प्रधानमन्त्रीबाट आएको यो अभिव्यक्तिलाई हामी सामान्य भूल नभई राष्ट्रहितविपरीत राजनीतिक सोचको अभिव्यक्तिका रूपमा लिएको बताएका छन्। 

विद्यार्थी संगठहरूले प्रधानमन्त्रीलाई उक्त अभिव्यक्ति तत्काल फिर्ता लिन, नेपाली जनतासमक्ष सार्वजनिक रूपमा माफी माग्न र आफ्नो धारणा सच्याउन जोडदार माग गरेका छन्। 

‘अन्यथा, राष्ट्रहित र राष्ट्रिय स्वाधीनताविरूद्धका यस्ता प्रवृत्तिका विरूद्ध देशभरका विद्यार्थी, युवा तथा देशभक्त जनताले सशक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छौँ’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad