प्रतिनिधिसभा बैठकमा विपक्षी सांसदहरूले अहिले विरोध गरिरहेका छन्। उनीहरू अहिले सभामुखको ड्यास नजिक पुगेर नाराबाजी गरिरहेका हुन्।
ड्यासअगाडि मर्यादापालकहरूले नाराबाजी गरिरहेका सांसदहरूलाई रोकिरहेका छन्। विरोधका क्रममा विपक्षी सांसदहरू कुर्सीमा उभिने र कुर्सी फ्याँक्नेसम्म गरेका छन्।
विरोधका क्रममा विपक्षीहरुले 'यस्ता सभामुख चाहिँदैन, सभामुख राजीनामा दे' भन्दै नारा लगाइरहेका छन्।
75
Shares

प्रतिक्रिया