नेकपा (एमाले) की सचिव पद्माकमुारी अर्यालले अगामी आर्थिक वर्षको बजेट कार्यान्वयनयोग्य नरहेको टिप्पणी गरेकी छन्।
सिंहदरबारमा सञ्चारकर्मीसँग प्रारम्भिक प्रतिक्रिया दिँदै सांसद समेत रहेकी अर्यालले यस्तो टिप्पणी गरेकी हुन्।
बजेटमा घोषणा गरिएका कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन नगरिएको तथा कार्यान्वयनको आधार समेत दिन नसकको उनको भनाइ छ। उनले अगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले नवीनताको नाममा अन्योलता थपेको आरोप लगाइन्।
उनले भनिन्,‘सरकारले अगामी आर्थिक वर्षको बजेटमा पुराना सरकारहरुले ल्याएका कार्यक्रमहरूको नाम परिवर्तन गरेर ल्याएको छ तर ती कार्यक्रमको लागि बजेट छुट्याइएको स्थिति छैन। कुनै कार्ययोजना पनि देखिँदैन। निरन्तरता पनि धेरै छैन। नवीनताको नाममा अन्योलता देखिन्छ।’
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए।
Shares

प्रतिक्रिया