राजनीति


कोसी प्रदेशमा भव्य रूपमा मनाइयो गणतन्त्र दिवस (तस्बिर)

कोसी प्रदेशमा भव्य रूपमा मनाइयो गणतन्त्र दिवस (तस्बिर)

सुमन सुस्केरा
जेठ १५, २०८३ शुक्रबार ११:१४, विराटनगर

कोसी प्रदेश सरकारको आयोजनामा विराटनगरमा आज भव्य रूपमा गणतन्त्र दिवस-२०८३ मनाइएको छ।

ऐतिहासिक जनआन्दोलनको जगमा स्थापित लोकतान्त्रिक गणतन्त्रको गौरवमय अवसरमा प्रदेश राजधानी विराटनगर लगायत प्रदेशका विभिन्न स्थानहरूमा विविध रचनात्मक र औपचारिक कार्यक्रमहरूको आयोजना गरी यो दिवस भव्यताका साथ मनाइएको हो।

काेसी प्रदेश सरकारको आयोजनामा विराटनगरको जिल्ला प्रशासन कार्यालय अगाडिबाट शुरू भएको र्‍याली बजार परिक्रमा गरि विरेन्द्र सभागृहमा पुगेर मूल समारोहमा परिणत भएको थियो।

कार्यक्रममा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कार्यक्रमलाई सम्बोधन गर्दै लोकतान्त्रिक गणतन्त्र  ऐतिहासिक परिवर्तनका लागि संघर्ष गर्ने अग्रज राजनीतिक नेतृत्व, नागरिक समाज, सञ्चारकर्मी एवम् लोकतन्त्रप्रेमी जनसमुदायप्रति उच्च सम्मान समेत व्यक्त गरे।

मुख्यमन्त्री कार्कीले भने, ‘नेपाली जनताको लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त गणतन्त्रले आज हामीलाई लोकतान्त्रिक अभ्यास, नागरिक स्वतन्त्रता र समावेशी शासन प्रणालीको यात्रामा अगाडि बढाएको छ। जहाँनियाँ राणाशासन र निरंकुश पञ्चायती व्यवस्थाविरुद्धको संघर्ष र २०६२र६३ सालको ऐतिहासिक जनआन्दोलनको जगमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको यथार्थ सबैका सामु स्पष्ट छ।

उनले ​लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि संघर्ष गरेका शक्तिहरूबीच सहकार्य र आपसी विश्वासको वातावरण निर्माण गरी गणतन्त्रका उपलब्धिलाई थप सुदृढ बनाउनु अपरिहार्य रहेकोमा जोड दिए।

पछिल्लो समय लोकप्रियतावादको नाममा लोकतान्त्रिक गणतन्त्रकै आधारमाथि प्रश्न उठाउने तथा संस्थाहरूमाथि अविश्वास फैलाउने प्रवृत्ति देखिन थालेकोप्रति सचेत गराउँदै मुख्यमन्त्री कार्कीले भने, ‘सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान तथा भविष्यका आधार हुन्। लोकतान्त्रिक संविधानको रक्षा गर्दै गणतन्त्रलाई अझ सुदृढ, उत्तरदायी, पारदर्शी र जनमुखी बनाउनु आजको आवश्यकता हो।’

गणतन्त्र दिवसले लोकतान्त्रिक मूल्य, नागरिक अधिकार, सामाजिक न्याय, समावेशी विकास र राष्ट्रिय एकताको भावना थप सुदृढ बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे। कार्यक्रममा प्रदेश प्रमुख पर्शुराम खापुङको उपस्थिति थियो। कार्यक्रममा सहभागी ११ वटा झाँकीलाइ सम्मान गरिएको थियो।

हेर्नुहोस् थप तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad