स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा ९७७ नयाँ दरबन्दी थप भएको छ। मन्त्रालयको कुल १ हजार ८०८ दरबन्दी स्वीकृत भएसँगै सो संख्यामा नयाँ दरबन्दी थप भएको हो।
अहिले मन्त्रालयमा मौजुदा ८३१ दरबन्दी छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय पुलअन्तर्गत कुल १ हजार ८०८ दरबन्दी स्वीकृत गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार प्राप्त भएका स्वीकृत दरबन्दीहरूमा अब छिट्टै लोक सेवा आयोगबाट चरणबद्धरूपमा खुल्ला पदपूर्ति प्रक्रिया सुरु गरिने छ।
यो स्वीकृत सूची मन्त्रालयको 'संघीय पुल दरबन्दी' को संरचना हो। सीएमए, अहेब, अनमीलगायत प्राविधिक सहयोग तहका स्वास्थ्यकर्मीहरूको हकमा प्रदेश र स्थानीय तहहरूमा निकट भविष्यमै ठूलो संख्यामा दरबन्दी खुल्ने मन्त्रालयले जनाएको छ।
हेर्नुहोस् थपिएका दरबन्दीहरू
Shares

प्रतिक्रिया