राजनीति


मानव अधिकार आयोगले औँल्यायो जेनजी आन्दोलनमा सेनाको कमजोरी, दुई कमान्डरलाई कारबाही सिफारिस

मानव अधिकार आयोगले औँल्यायो जेनजी आन्दोलनमा सेनाको कमजोरी, दुई कमान्डरलाई कारबाही सिफारिस

नेपालखबर
जेठ १३, २०८३ बुधबार १६:३, काठमाडौँ

राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनमा नेपाली सेनाको समेत कमीकमजोरी भएको औँल्याएको छ।

बुधबार आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा सेनाले आन्दोलनको बेला खेल्नु पर्ने जति भूमिका निर्वाह गर्न नसकेको औँल्याइएको छ। 

‘भदौ २३ र २४ गतेको प्रदर्शनमा सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन समेतमा तोडफोड तथा आगजनी गरी देशैभरी जुन प्रकारको मानवीय, भौतिक तथा आर्थिक क्षति भएको छ। सो हुनुमा नेपाली सेनाको पनि कमजोरीहरू देखिएको छ। जन अपेक्षा अनुरुप राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न नसकेको तथा आम नागरिकको मानव अधिकार संरक्षणप्रति संवेदनशील हुन नसकेको देखिँदा भविष्यमा यस्ता विषयमा गम्भीर भइ राष्ट्रिय सम्पत्तिको संरक्षण र आम नागरिकको मानव अधिकार संरक्षणप्रतिको दायित्वलाई प्राथमिकता दिन प्रधानसेनापतिलाई निर्देशन दिने’, आयोगको सिफारिसमा भनिएको छ।

यस्तै सिंहदरबारको सुरक्षाको लागि सिंहदरबारभित्र रहेको सेनाको गणका तत्कालीन प्रमुख र राष्ट्रपति भवन शीतलनिवासका सेनाका तत्कालीन कमाण्डरलाई सचेत गराउन सरकारको ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad