राजनीति


कांग्रेसको १५औँ महाधिवेशन समयसीमाभित्रै हुन्छ: महामन्त्री घिमिरे

कांग्रेसको १५औँ महाधिवेशन समयसीमाभित्रै हुन्छ: महामन्त्री घिमिरे

नेपालखबर
जेठ १३, २०८३ बुधबार १४:२, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशन समयसीमाभित्र नै हुने दाबी गरेका छन्।

नेपाल प्रेस युनियन मोरङ शाखाले बुधबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले पार्टी एकढिक्का भएर अघि बढ्नुको विकल्प नरहेकाले पार्टीलाई प्रतिस्पर्धी बनाउन सदस्यता अद्यावधिक गर्न लागेको बताए।

कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय भएको छ।

महामन्त्री घिमिरेले नेपाली कांग्रेसले पार्टीले सरकारको १००औँ दिनसम्मको कामको समीक्षा गरेर मात्र आफ्ना धारणा बनाउने बताए।

उनले वर्तमान सरकार जनताको हितमा काम गर्दै सदन र जनताप्रति जवाफदेही एवं उत्तरदायी बत्रुपर्ने सुझाव दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad