राजनीति


अब श्रम संस्कृति पार्टीको कार्यक्रममा हर्क साम्पाङको फोटो अनिवार्य

अब श्रम संस्कृति पार्टीको कार्यक्रममा हर्क साम्पाङको फोटो अनिवार्य

फाइल फोटो


नेपालखबर
जेठ १२, २०८३ मंगलबार १४:१३, काठमाडौँ

श्रम संस्कृति पार्टीले आफ्ना सबै कार्यक्रम तथा प्रचार सामग्रीमा पार्टी अध्यक्ष एवं सांसद् हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ।

श्रम संस्कृति पार्टीको प्रदेश नम्बर १ (कोसी प्रदेश) कार्यसमितिले मातहतका निकायलाई यस्तो निर्देशन दिएको हो। 

सो पार्टीका प्रदेश अध्यक्ष प्रताप राई र सचिव दिपक तिमिल्सेनाले जेठ ११ गते जारी गरेको सर्कुलरमा जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा तथा टोलस्तरमा सञ्चालन हुने कार्यक्रमका व्यानर र प्रचार सामग्रीमा अध्यक्ष साम्पाङको तस्वीर अनिवार्य रूपमा राख्न भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad