राजनीति


सदनको विरोध नरोक्ने विपक्षी दलहरूको निर्णय

सदनको विरोध नरोक्ने विपक्षी दलहरूको निर्णय

नेपालखबर
जेठ १०, २०८३ आइतबार १७:०, काठमाडौँ

विपक्षी दलहरूले सदनको विरोधलाई निरन्तरता दिने भएका छन्। आज (आइतबार) एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकमा कांग्रेसका प्रमुख सचेतक बास्ना थापा, एमालेका ऐन महर, नेकपाका युवराज दुलाल र राप्रपाका प्रमुख सचेतक खुश्बु ओली थिए।

बैठकमा विपक्षीहरूको आवाजलाई दबाएर अगाडि बढेको र सभामुखको दलीय भूमिकाका बारेमा गम्भीर छलफल भएको महरले जानकारी दिए।

‘संविधानको कार्यान्वयन, प्रतिनिधि सभा नियमावलीको पालना र लोकतन्त्रको रक्षाका लागि संसदमा विपक्षीहरूबीचको छलफल र सहकार्यलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने बारेमा हामी साझा निष्कर्षमा पुगेका छौँ,’ महरले भने।

प्रधानमन्त्री वालेन्द्र शाहले संसद्को उपेक्षा गरेको भन्दै विपक्षीहरू सदनमा विरोध प्रदर्शन गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad