राजनीति


‘सार्वजनिक व्यक्तिले आफ्नो सम्पत्तिको स्रोत सार्वजनिक गर्ने हिम्मत राख्नुपर्छ’

‘सार्वजनिक व्यक्तिले आफ्नो सम्पत्तिको स्रोत सार्वजनिक गर्ने हिम्मत राख्नुपर्छ’

नेपालखबर
जेठ ८, २०८३ शुक्रबार १७:१९, विराटनगर

नेपाली कांग्रेसका सभापति गगन थापाले सार्वजनिक पदधारण गरेका व्यक्तिहरूको सम्पत्तिको वैधता र दलीय भागबन्डाको राजनीतिमाथि गम्भीर प्रश्न उठाएका छन्।

नेपाली कांग्रेस सुनसरीद्वारा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै सभापति थापाले सरकारमा रहेका जिम्मेवार व्यक्तिहरूले नागरिकसामु आफ्नो सम्पत्तिको स्रोत पारदर्शीरूपमा सार्वजनिक गर्ने हिम्मत राख्नुपर्ने चुनौती दिए।

सार्वजनिक जिम्मेवारीमा आइसकेपछि उनीहरूले देखाएको सम्पत्ति कहाँबाट र कसरी आर्जन भयो भन्ने कुराको जवाफ पाउनु नागरिकको अधिकार भएको भन्दै प्रतिपक्षको तर्फबाट कांग्रेसले यस विषयलाई दृढताका साथ उठाइरहने थापाले स्पष्ट पारे।

​सम्बोधनका क्रममा महामन्त्री थापाले राजनीतिक दलहरूभित्र संस्थागतरूपमा जकडिएको भागबन्डा र संकुचित सोचको कडा आलोचना  गर्दै थापाले भने, ‘लामो समयदेखि दलहरूले अस्पताल वा विद्यालयका व्यवस्थापन समिति जस्ता निकायमा आफ्ना कार्यकर्ता भर्ती गर्ने कुरालाई मात्र प्रतिष्ठाको विषय बनाएको अवस्थामा अब यो शैली बदल्नुपर्ने बेला आएको छ।’

समितिमा आफ्ना मान्छे राखेर चित्त बुझाउनुभन्दा ती संरचनाहरूलाई बलियो र व्यवस्थित बनाएर परिणाममुखी काम गर्न सके मात्र जनताको वास्तविक समर्थन र विश्वास आर्जन गर्न सकिने सभापति थापाको तर्क थियो।

​विशेष गरी स्थानीय तहका जनप्रतिनिधिहरूलाई आफ्नो कार्यशैली र सोच्ने तरिका फेर्न आग्रह गर्दै  सभापति थापाले देशभरि भ्रमण गर्दा पार्टी र सरकारबीच समन्वय नभएको गुनासो व्यापक रूपमा सुनिएको  बताए। पार्टीभित्रका आन्तरिक नियुक्ति र सानातिना कुराहरू मिलाउने ध्याउनमै लागिरहने हो भने नागरिकका अपेक्षाहरू पूरा हुन नसक्ने उनले बताए। त्यसैले अब प्रत्येक कुराको जवाफदेहिता वहन गर्दै नयाँ ढंगले अघि बढ्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आह्वानसमेत थापाले गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad