संयुक्त अधिराज्य बेलायतका मन्त्री सीमा मल्होत्रा शुक्रबार नेपाल आएकी छन्।
उनी द्विपक्षीय सम्बन्ध थप सुदृढीकरण र आपसी साझेदारीका विषय अभिवृद्धिलगायत विषयमा छलफल गर्न नेपाल आएको यहाँस्थित बेलायती दूतावासले जनाएको छ।
उनले आजै बेलायती अन्तरराष्ट्रिय लगानी र इन्भेस्ट फर इम्प्याक्ट नेपाल संस्थाका पदाधिकारीसँग भेटघाट गरेको दूतावासले जनाएको छ।
काठमाडौँस्थित बेलायती दूतावासले भनेको छ, ‘बेलायत-नेपालका लागि यो महत्त्वपूर्ण भ्रमण हो र मित्रताको सम्बन्ध र हाम्रो आधुनिक साझेदारीलाई अझ बलियो बनाउने अवसर हो।’
केही तस्बिर





72
Shares

प्रतिक्रिया