राजनीति


आज पनि बस्दै प्रतिनिधिसभाको बैठक

आज पनि बस्दै प्रतिनिधिसभाको बैठक

फाइल फोटो


नेपालखबर
जेठ ६, २०८३ बुधबार ११:१, काठमाडौँ

आज पनि प्रतिनिधिसभाको बैठक बस्दै छ। बैठक बुधबार बिहान ११ बजेदेखि सुरु हुने कार्यसूची छ।

आजको बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले विभिन्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

मन्त्री गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

त्यसैगरी प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३, मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ प्रस्तुत गर्न अनुमती माग्ने प्रस्ताव प्रस्तुत गर्ने र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची समेत रहेको संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad