राजनीति


परम्परा तोड्ने हो भने सिंहदरबार, प्रधानमन्त्री पद सबै भत्काउँ : अमरेश सिंह

परम्परा तोड्ने हो भने सिंहदरबार, प्रधानमन्त्री पद सबै भत्काउँ : अमरेश सिंह

नेपालखबर
जेठ ५, २०८३ मंगलबार १३:५६, काठमाडौँ

रास्वापाका सांसद डा.अमरेश कुमार सिंहले सरकारको कार्यशैलीप्रति संसद्‍मा चर्को विरोध गरेका छन्। 

परम्परा तोड्ने नाममा सबै परम्परा सरकारले तोरिहेको भन्दै उनले नीति कार्यक्रममाथिको छलफलमा पनि त्यो देखिएको बताए। 

‘परम्परा तोड्ने नाममा सबै परम्परा तोडिँदैन। बजेटमाथिको छलफलमा अर्थमन्त्री जहिले पनि बस्ने चलन छ,’ बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेको अनुपस्थिप्रति असन्तुष्ट उनले भने, ‘पराष्ट्रमन्त्रीले बजेट बनाउने होइन। म रेकर्डको लागि मात्रै यो बोल्दै छु। सबै परम्परा भत्काउँदै गइयो भने संसद्को औचित्य, संविधानको औचित्य सकिन्छ।’

उनले सरकारसँग प्रश्न गरिने र त्यसको सम्बोधन सरकारले गर्नुपर्ने बताए। 

‘म पाँचपटक सांसद भएँ। २० वर्षको कार्यकालमा म पहिलोपटक देख्दैछु, अर्थमन्त्रीबिनै बजेटमाथि छलफल चलिरहेको छ। यो कस्तो परम्परा हो?’ उनले प्रश्न गरे, ‘नयाँको नाममा सबै चिज भत्काउने होइन। त्यसो हो भने सिंहदरबार भत्काउ, प्रधानमन्त्री पद, मन्त्री पद सबै भत्काउँ। सबै चेन्ज गरौँ!’ 

जति व्यस्त भए पनि छलफल एक-दुई दिन चल्ने भएकाले अर्थमन्त्रीको अनुपस्थित औचित्यपूर्ण नभएको उनको भनाई थियो। ‘जति व्यस्त भए पनि छलफल एक-दुई दिन चल्ने हो, अर्थमन्त्रीको अनुपस्थित औचित्यपूर्ण हुनुपर्छ। जति व्यस्थ भए पनि उपस्थित हुनुपर्छ,’ उनले भने, ‘अति भएपछि म बोलेको हो।’

नीति कार्यक्रममा मधेसको विषय केही पनि नदेखिएको भन्दै उनले असन्तुष्टि जनाए। 

‘बजेटमा मधेसमा केही पनि देखिएन। मधेसमा राणाकालदेखिको हुलाकी राजमार्ग छ। त्यस विषयमा एकशब्द पनि नीति कार्यक्रममा लेखिएको छैन,’ उनले भने, ‘रास्वपालाई भोट मधेसले धेरै दियो, तर त्यहाँका मुद्दा सुनुवाई भएन। मधेस विस्फोटको अवस्थामा छ। यसरी राज्य चल्दैन। ’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad