राजनीति


कामु प्रधानन्यायाधीशको आदेशपछि पनि रिट दर्ता नभएपछि बारले बोलायो बैठक

कामु प्रधानन्यायाधीशको आदेशपछि पनि रिट दर्ता नभएपछि बारले बोलायो बैठक

नेपालखबर
जेठ ४, २०८३ सोमबार १५:५२, काठमाडौँ

प्रस्तावित प्रधान्यायाधीश मनोज शर्माविरुद्धका रिट/निवेदन दर्ता नगरेको विषयमा छलफल गर्न नेपाल बार एसोसियसनले बैठक बोलाएको छ। 

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले सोमबार बिहान १ बजेभित्रमा त्यससँग सम्बन्धित सबै रिट निवेदन दर्ता गर्न सर्वोच्चका मुख्य रजिस्ट्रार विमल पौडेललाई आदेश दिएकी थिइन्।

तर कामु प्रधानन्यायाधीशको आदेशपछि मुख्य रजिस्ट्रार पौडेर र रजिस्ट्रार मानबहादुर कार्की सर्वोच्चबाट बाहिरिएका थिए। उनीहरू अझै सर्वोच्च फर्किएका छैनन्। 

कामु प्रधानन्यायाधीशको आदेश पनि पनि रिट निवेदन दर्ता नभएको र कर्मचारी नै बाहिरिएको विषयमा छलफल गर्न बैठक बोलाइएको बारका अध्यक्ष प्राध्यापक डा. विजयप्रकास मिश्रले बताए। 

‘कामु प्रधानन्यायाधीशको आदेशपछि पनि रिट दर्ता भएन। कर्मचारी नै दर्ता नगरी बाहिरिएपछि थप कदमका विषयमा धारणा तय गर्न बारले ४ बजे बैठक बोलाएको छ’, अध्यक्ष मिश्रले नेपालखबरसँग भने।

यसअघि रिट दर्ता नभएपछि नेपाल बारले कामु प्रधानन्यायाधीशको ध्यानाकर्षण गराएको थियो। बारले मौखिक र लिखित रुपमा समेत ध्यानाकर्षण गराएपछि सोमबार बिहान कामु प्रधानन्यायाधीश मल्लले प्रधानन्यायाधीश सिफारिसविरुद्धका सबै रिट १ बजेभित्रमा दर्ता गर्न मुख्य रजिस्ट्रार विमल पौडेललाई आदेश दिएकी थिइन्। 

तर आदेशपछि मुख्य रजिस्ट्रार पौडेल र रजिस्ट्रार मानबहादुर कार्की सर्वोच्चबाट बाहिरिएका थिए। आफ्नो रिट अझै दर्ता नभएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए।

प्रस्तावित प्रधानन्यायाधीश शर्माद्वारा आफूविरुद्धका रिट दर्ता नगर्न मुख्य रजिस्ट्रारलाई निर्देशन

कामु प्रधानन्यायाधीशको आदेशपछि पनि अझै दर्ता भएन प्रस्तावित प्रधानन्यायाधीशविरुद्धका रिट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad