राजनीति


आज बस्ने भनिएको एमाले सचिवालय बैठक ओलीले २ दिन पछि सारे

आज बस्ने भनिएको एमाले सचिवालय बैठक ओलीले २ दिन पछि सारे

फाइल तस्बिर


नेपालखबर
जेठ २, २०८३ शनिबार ७:५०, काठमाडौँ

एमालेको आज हुने भनिएको सचिवालय बैठक स्थगित भएको छ। बैठक दुई दिन पछिका लागि सारिएको एमालेले जनाएको छ। 

एमाले अध्यक्ष केपी ओलीले गएको बिहीबार आज (शनिबार) दिउँसो १ बजे आफ्नै निवास भक्तपुरको गुन्डुमा बस्ने गरी बैठक आह्वान गरेका थिए। 

तर, एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले आज हुने भनिएको बैठक सोमबारका लागि सारिएको बताए। 

‘भोलि परेको मदनआश्रित स्मृति दिवस कार्यक्रमको कारण आजको बैठक स्थगित गरिएको हो,’  अधिकारीले नेपालखबरसँग भने, ‘बैठकमा सहभागी हुनुपर्ने नेताहरु आजैदेखि कार्यक्रमको तयारीमा लाग्नुपर्ने देखियो। कतिपय साथी कार्यक्रमका लागि उपत्यका बाहिर पनि जानुपर्ने भएकाले आज हुने भनिएको बैठक सोमबारको लागि सारिएको हो।’  

एमालेको यो आठौँ सचिवालय बैठक हो। 

बैठकले देशको समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण, केन्द्रीय नेताहरूको कार्यविभाजन, जनताका अपेक्षा, सरकारका कामकारबाही, पार्टीको आगामी कार्यदिशा तथा राष्ट्रिय हितका विषयमा गम्भीर समीक्षा र महत्त्वपूर्ण निर्णय गर्ने एमाले सचिव बस्नेतले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad