राजनीति


यी ४ कारण उल्लेख गर्दै हर्क साम्पाङले मागे प्रधानमन्त्री बालेनको राजीनामा

यी ४ कारण उल्लेख गर्दै हर्क साम्पाङले मागे प्रधानमन्त्री बालेनको राजीनामा

नेपालखबर
जेठ १, २०८३ शुक्रबार ९:१९, काठमाडौँ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेका छन्। आफ्नो कर्तव्य पूरा नगरेकाले नैतिकताको आधारमा बालेनले राजीनामा दिनुपर्ने उनको तर्क छ। 

शुक्रबार बिहान साम्पाङले जारी गरेको विज्ञप्तिमा बालेनले पदबाट राजीनामा दिनुपर्ने चारवटा कारण उल्लेख गरेका छन्। बालेनलाई प्रधानमन्त्रीको पदमा बस्ने नैतिकता नभएको उनले बताएका छन्। 

राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो नीति कार्यक्रम पढ्न लगाएर आफू संसद्बाट बाहिरिएको, नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नभएको, प्रतिपक्षी दलले संसद्‍मा उपस्थितिको माग गर्दा पनि अनुपस्थित भएको, नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जबाफ नदिएको, संसद्‍बाट अहिलेसम्म जनतालाई सम्बोधन नगरेको, लोकतन्त्रप्रतिको विश्वासलाई लत्याएको, संसद्लाई छलेर अध्यादेशको बाटो समाएको जस्ता कारण उल्लेख गर्दै साम्पाङले प्रधानमन्त्री बालेनको राजीनामा मागेका हुन्। 

‘जनताको सार्वभौम सदनलाई अपमान गरेर त्यही संसद्‍बाट चुनिएको प्रधानमन्त्रीले कुन नैतिकताका आधारमा आफूलाई प्रधानमन्त्री ठानिरहेको छ?’ साम्पाङले प्रश्न गरेका छन्, ‘आफ्नो धरातल बिर्सेर जनताका प्रश्नहरूको उत्तर दिन नसक्ने लुकेर बस्ने के प्रवृत्ति हो?’

हेर्नुहोस् साम्पाङ​ले जारी गरेको विज्ञप्ति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad