प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभएपछि विपक्षी दलका सांसदले नीति तथा कार्यक्रमबारे नै प्रश्न गरेका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले नीति तथा कार्यक्रममाथि प्रश्न गरेका हुन्। उनले यो नीति तथा कार्यक्रम सरकारले लेखेको हो कि होइन भनेर प्रश्न गरे।
प्रधानमन्त्री र मन्त्रीहरूको उदासिनताले प्रश्न उब्जिएको बताउँदै महरले प्रश्न गरे, ‘सरकारले लेखेकै होइन, कतैबाट लेखेर आएको हो?’
नीति तथा कार्यक्रमबारे प्रधानमन्त्री र मन्त्रीहरूले चासो नदिएकोमा पनि उनले आपत्ति जनाए। राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री उठेर जानु र मन्त्रीहरू कानेखुशीमा लाग्नु उदाहरण भएको जिकिर गरे। ‘नीति तथा कार्यक्रमप्रति प्रधानमन्त्री तथा मन्त्रीहरूलाई मतलब छैन, कुनै चासो छैन। कुनै जिम्मेवारी छैन।’
उनले नीति तथा कार्यक्रम संशोधन गर्न माग गरेका छन्। उनले आफूले राखेको संशोधन प्रस्तावबारे बोल्दै यसलाई पुनर्लेखन गर्न आग्रह गरे।
Shares

प्रतिक्रिया