राजनीति


नेकपाका यी १६ जना जनप्रतिनिधिको गयो पद (नामावलीसहित)

नेकपाका यी १६ जना जनप्रतिनिधिको गयो पद (नामावलीसहित)

फाइल फोटो


नेपालखबर
बैशाख ३१, २०८३ बिहिबार १०:५५, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को स्थानीय तहका १६ जना जनप्रतिनिधिको पद रिक्त भएको छ। 

गत फागनु २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको बेला उनीहरू विभिन्न दलमा प्रवेश गरेकाले उनीहरूको पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ। 

आयोगले आज सूचना जारी गर्दै नेकपाले गरेको निर्णय बमोजिम उनीहरूको पद रिक्त भएको जानकारी गराएको हो। उनीहरु सबै ०७९ सालको निर्वाचनमा विभिन्न पदमा निर्वाचित भएका जनप्रतिनिधि हुन्। 

पद रिक्त हुनेमा सात जना वडाध्यक्ष, एक जना जिल्ला समन्वयसमितका प्रमुख, एक जना गाउँपालिका उपप्रमुख, एक जना कार्यपालिका सदस्य, एकजना जिल्ला समन्वय समिति सदस्यसहितका जनप्रतिनिधि छन्। 

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम २२ मा कुनै पनि जनप्रतिनिधिले आफू निर्वाचित भएको दल त्याग गरे सम्बन्धित जनप्रतिनिधिको पद रिक्त हुने कानुनी व्यवस्था छ। 

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad