राजनीति


यी हुन् आजको मन्त्रिपरिषद् बैठकले गरेका मुख्य ४ निर्णय

यी हुन् आजको मन्त्रिपरिषद् बैठकले गरेका मुख्य ४ निर्णय

नेपालखबर
बैशाख ३०, २०८३ बुधबार ११:४४, काठमाडौँ

आज (बुधबार) बिहान बसेको मन्त्रिपरिषद् बैठकले चारवटा मुख्य निर्णय गरेको छ। 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। 

यसैगरी बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गरेको छ। 

प्रधानमन्त्री कार्यालयका अनुसार आजको मन्त्रिपरिषद् बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाका सदस्य सुशील खड्का (बागलुङ) र योगेश गौचन थकाली (मुस्ताङ) लाई मनोनयन गर्ने निर्णय पनि गरेको छ।

यसैगरी मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी (एक्काइसौँ संशोधन) नियमहरू, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad