राजनीति


स्वास्थ्यमन्त्री मेहता र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

स्वास्थ्यमन्त्री मेहता र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

नेपालखबर
बैशाख २९, २०८३ मंगलबार १६:३७, काठमाडौँ

स्वास्थ्य, जनसंख्या तथा खानेपानीमन्त्री निशा मेहता र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। 

मंगलबार स्वास्थ्य मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा नेपाल र भारतबीचको  ऐतिहासिक तथा प्रगाढ सम्बन्धका साथै स्वास्थ्य क्षेत्रमा जारी द्विपक्षीय सहकार्यका विविध आयाममाथि छलफल भएको छ। 

भेटमा राजदूत श्रीवास्तवले मन्त्री मेहतालाई सफल कार्यकालको शुभकामना दिएका थिए। मन्त्री मेहताले नेपालको स्वास्थ्य, खानेपानी तथा सरसफाइ क्षेत्रको विकासमा भारत सरकारबाट प्राप्त निरन्तर सहयोग तथा सद्भावप्रति हार्दिक कृतज्ञता प्रकट गरेकी थिइन्। 

भेटवार्ताका क्रममा नेपालका राष्ट्रिय स्तरका प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुदृढीकरण, विशिष्टीकृत उपचार केन्द्रको स्थापना तथा समग्र स्वास्थ्य पूर्वाधार विकासमा आगामी दिनमा भारतीय सहयोग र सहकार्यलाई थप मजबुत तथा प्रभावकारी बनाउने विषयमा सकारात्मक छलफल भएको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad