प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सोमबार संसद् बैठकमा प्रदर्शन गरेको व्यवहारबारे सामाजिक सञ्जालमा टिकाटिप्पणी गर्ने क्रम जारी छ।
यसै क्रममा नेकपा एमालेका नेता गोकुल बास्कोटाले पनि उक्त विषयमा कटाक्ष गरेका छन्।
पूर्वमन्त्रीसमेत रहेका एमाले केन्द्रीय सदस्य बास्कोटाले मंगलबार सामाजिक सञ्जालमार्फत ‘बालेन जे हुन्, त्यही रूप’मा प्रस्तुत भएको प्रतिक्रिया दिएका हुन्।
‘मैले हिजोको संसद् नहेरेर गल्ती गरेछु भन्ने थियो। आज कसैले भने मैले त्यो भन्दा बढी मज्जा चार्ली च्याप्लीनको मौन हास्य कला र माइकल ज्याक्सनको नृत्यपूर्ण गीत हेरेर लिएँ’, उनले लेखेका छन्, ‘बालेन जे हुन्, त्यै गरे। मान्छे अहिल्यै आकाश खसेझैँ गर्छन्। गिलासमा रक्सीको अन्तिम मात्रा भरिएपछि बल्ल कथा सुरु हुन्छ।’

99
Shares

प्रतिक्रिया