ग्लोबल


इरानको दाबी: कतारनजिकै अमेरिकी जहाजमा आक्रमण गर्‍यौँ

इरानको दाबी: कतारनजिकै अमेरिकी जहाजमा आक्रमण गर्‍यौँ

नेपालखबर
बैशाख २७, २०८३ आइतबार २१:९, काठमाडौँ

इरानी समाचार एजेन्सी फार्सले ‘विश्वसनीय स्रोत’लाई उद्धृत गर्दै कतारको तटमा आक्रमण गरिएको मालवाहक जहाज अमेरिकी भएको दाबी गरेको छ।

इरानको सरकारी समाचार एजेन्सीले पनि स्रोतलाई उद्धृत गर्दै हमलामा परेको जहाज अमेरिकाकै स्वामित्वमा रहेको र अमेरिकी झन्डा रहेको दाबी गरेको छ। 

यस विषयमा अमेरिकाबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

यसअघि बेलायतको समुद्री व्यापार सञ्चालन प्राधिकरणले कतारको राजधानी दोहाबाट लगभग ४३ किलोमिटर उत्तरपूर्वमा रहेको जहाजमा ‘अज्ञात प्रकारको प्रक्षेपण’बाट प्रहार भएको बताएको थियो।

उसका अनुसार आक्रमणले जहाजमा सामान्य मात्र क्षति भएको छ। हमलापछि आगो लागेको थियो तर पछि नियन्त्रणमा लिइयो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad