राजनीति


‘कोरोना नियन्त्रण गर्न नसकेपछि ट्रम्पले जनताको ध्यान माेड्न चीनलाई बिचमा ल्याए’

‘कोरोना नियन्त्रण गर्न नसकेपछि ट्रम्पले जनताको ध्यान माेड्न चीनलाई बिचमा ल्याए’

नेपालखबर
जेठ ६, २०७७ मंगलबार १०:२,

अमेरिकामा कोरोनाले पारेको प्रभावलाई नियन्त्रण गर्न नसकेपछि ट्रम्पको यतिबेला त्यहाँका जनताले आलोचना गरिरहेका छन्।

आलोचनाबाट ध्यान माेड्न र देशको जम्मेवारीबाट भाग्न ट्रम्पले चीनलाई बिचमा ल्याएको चीनको विदेशमन्त्रालयले मंगलबार जनाएको छ।

यतिबेला अमेरिका कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्र हो। त्यहाँ हालसम्म १५ लाख ५० हजारभन्दा बढी कोरोना संक्रमित बनेका छन्।

संक्रमितमध्ये ९१ हजार ९८५ को मृत्यु भइसक्दा पनि ट्रम्पले मास्क लगाएका छैनन्।

पछिल्लो समय ट्रम्पले चीनले कोरोनाबारे जानकारी सुरुवातमा लुकाएको आरोप लगाउँदै आएका छन्। ट्रम्पले कोरोना भाइरसको उत्पत्ति चीनको प्रयोगशालाबाट भएको अनुसक्ने आशंका व्यक्त गरेका छन्।

साथै ट्रम्पले विश्व स्वास्थ्य संगठन चीन केन्द्रित भएको आरोप लगाउँदै आएका छन्। चीनले डब्लूएचओलाई जे भन्यो डब्लूएचओले सोही अनुसार कार्य गरेको अमेरिकी भनाइ छ।

सोमबारमात्र ट्रम्पले डब्लूएचओ चीनबाट स्वतन्त्र नभए अमेरिकाले डब्लूएचओलाई दिने सहयोग सँधैको लागि रोक्ने चेतावनी दिएका थिए। सीजीटीएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad