पूर्वमन्त्री सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।
शुक्रबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले किराँतीलाई पार्टीमा स्वागत गरेका हुन्। श्रम संस्कृति पार्टीमा किरातीलाई वरिष्ठ नेतासहित दोस्रो वरीयता प्रदान गरिएको छ।
उनले श्रम संस्कृति पार्टीको उपाध्यक्षको जिम्मेवारीमा पाएका छन्। किराँती पक्षले वरिष्ठ नेतासहित एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य पाउने जनाइएको छ।









63
Shares

प्रतिक्रिया