राजनीति


१० वटा समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

१० वटा समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

नेपालखबर
बैशाख २३, २०८३ बुधबार २१:३९, काठमाडौँ

सरकारले समस्याग्रस्त १० वटा सहकारीका ऋणीहरूको नाम सार्वजनिक गरेको छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाममा सार्वजनिक गरेको हो।  

समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ। अन्यथा कानुन बमोजिम असुली गरिने चेतावनी दिएको छ।  

समितिले आज घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाई हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटीभ सहकारी , गौतम श्री सहकारी र नेपाल सहकारी वित्तीयका ठुला ऋणीको नाममा सार्वजनिक गरेको हो।

साथै, अन्य समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम पनि क्रमशः सार्वजनिक गर्ने समितिले जनाएको छ। त्यस्ता ऋणीहरूले पनि कार्यालयमा यथासिघ्र सम्पर्क गरी ऋण तिर्न समितिले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad