राजनीति


प्रतिनिधिसभाका सचिव राईलाई हटाउने तयारीमा सभामुख

प्रतिनिधिसभाका सचिव राईलाई हटाउने तयारीमा सभामुख

नेपालखबर
बैशाख २१, २०८३ सोमबार १९:५८, काठमाडौँ

सभामुख डोलप्रसाद अर्यालले संघीय संसद, प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई हटाउने भएका छन्।

त्यसका लागि उनले सचिव राईलाई स्पष्टीकरण सोधेका थिए। जसको जवाफ राईले सोमबार बुझाएका छन्। 

तर, उनको जवाफ सभामुखले चित्त बुझाएका छैनन्। निकट स्रोतका अनुसार अब उनलाई हटाउने प्रक्रिया बढ्छ।

‘सचिव हर्कराज राईलाई स्पष्टीकरण सोधेको,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘सांसदलाई समय छुट्याउने क्रममा कसैलाई कम र कसैलाई बढी दिएको भन्ने कुरामा यथार्थ के हो भनेर सोध्ननुभएको हो। सचिव राइले जवाफ पठाउनुभएको छ, तर त्यसमा सभामुखले चित्त बुझाउनुभएको छैन।’ 

२०८१ पुस १६ गते राइलाई सभामुख देवराज घिमिरेले नियुक्त गरेका हुन्। 

संविधानको धारा १०६ को उपधारा १ बमोजिम सभामुखले सचिव पदमा नियुक्त गर्नका लागि सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ। 

अब छिट्टै नयाँ सचिव नियुक्तिको प्रक्रिया सभामुखले अघि बढाउने उनी निकट स्रोतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad