राजनीति


बालेनको निर्देशनपछि प्रधानमन्त्री कार्यालय परिसरमा सञ्चारकर्मीलाई भिडिओ खिच्न अवरोध

बालेनको निर्देशनपछि प्रधानमन्त्री कार्यालय परिसरमा सञ्चारकर्मीलाई भिडिओ खिच्न अवरोध

सञ्चारकर्मीलाई भिडिओ खिच्न रोक्न सुरक्षाकर्मीलाई निर्देशन दिँदै प्रधानमन्त्री बालेन्द्र शाह।


नेपालखबर
बैशाख २१, २०८३ सोमबार १३:१, काठमाडौँ

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु हुनुअघि सञ्चारकर्मीलाई भिडिओ खिच्न अवरोध गरिएको छ। 

सोमबार कार्यालय बाहिरबाट भिडिओ खिचिरहेका सञ्चारकर्मीलाई प्रधानमन्त्री बालेन्द्र साहले रोक्न निर्देशन दिएपछि सुरक्षाकर्मीले कडाइ गरेका हुन्। मन्त्रिपरिषद् बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री शाहले बाहिरबाट भिडिओ खिचिरहेका पत्रकारतर्फ सङ्केत गर्दै सुरक्षाकर्मीसँग असन्तुष्टि व्यक्त गरेका थिए। 

प्रधानमन्त्री कार्यालयभित्र प्रवेश गरेलगत्तै त्यहाँ तैनाथ सुरक्षाकर्मीले बाहिर रहेका भिडिओ पत्रकारलाई त्यहाँबाट स्थानबाट तत्काल निस्कन र दृश्य सङ्कलन नगर्न आदेश दिएका थिए। 

सार्वजनिक सरोकारका सूचना र गतिविधिहरू सङ्कलन गर्न पुगेका सञ्चारकर्मीमाथि प्रधानमन्त्रीकै उपस्थितिमा भएको यस प्रकारको व्यवहारले प्रेस स्वतन्त्रताको विषयमा चासो बढाएको छ। राज्यको प्रमुख प्रशासनिक केन्द्रमा सञ्चारकर्मीलाई आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न बाधा पु¥याइनुले सूचनाको हक र स्वतन्त्र पत्रकारिताको मर्ममाथि प्रहार भएको सञ्चार क्षेत्रका जानकारहरूले बताएका छन्। 

यसबारे मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीले सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलाई सोधेका थिए। सञ्चारकर्मीको प्रवेशमा कडाइ गरिएको भन्ने जिज्ञासामा सरकारका प्रवक्ता पोखरेलले यो कडाइ गरिएको नभई आन्तरिक आवतजावत र प्रवेशलाई थप सहज र व्यवस्थित बनाउन खोजिएको प्रतिक्रिया दिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad