राजनीति


सरकारले जनविरोधी काम गरिरहेको छ: माधव नेपाल

सरकारले जनविरोधी काम गरिरहेको छ: माधव नेपाल

नेपालखबर
बैशाख १८, २०८३ शुक्रबार १५:२४, काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको बताएका छन्। 

शुक्रबार १३७औँ अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसर पारेर काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले सरकारले सुकुम्बासी, मजदूर विरोधी, ट्रेड युनियन अधिकार, जनताको बास बस्ने अधिकार र रोजगारीको अधिकार समेत बेवास्ता गरिरहेको बताए। 

‘यो सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छ। मजदूर विरोधी काम गरिरहेको छ। ट्रेड युनियन अधिकार विरोधी काम गरिरहेको छ,’ नेपालले भने, ‘जनताको बास बस्ने अधिकारलाई खोसी रहेको छ। रोजगारीको अधिकार जनताको अधिकार हो। त्यसलाई पनि बेवास्ता गरिरहेको छ।’

सरकारले राम्रो काम गर्ने लक्षण नदेखाएको उनको भनाइ थियो। नेपालले सरकारलाई गलत बाटोमा जान नदिने सावधान गराउनुपर्ने अवस्था आएको समेत बताए। 

‘तपाईंको एक सय दिन पनि पूरा भएको छैन तर लक्षण राम्रो देखाइरहनुभएको छैन,’ सरकारलाई अहिले नै सचते गराउनुपर्ने बताउँदै नेपालले भने, ‘भावना पवित्र छ भने चाल्ने कदम पनि उचित र जायज हुनुपर्छ। नाजायज होइन।’

सरकारले जनतालाई पीडा र यातना दिने काम गर्न नमिल्ने पनि उनको भनाइ थियो।  ‘जनविरोधी काम नगर्नुहोस्। जनतालाई पीडा र यातना दिन काम नगर्नुस्। अहिले त्यसको अगुवाई गर्ने काम मजदूरहरूले गर्नुपर्छ,’ उनले भने। 

नेपालले सरकारको गलत कामको विरोध गर्न पनि पार्टीमा आवद्ध मजदूर नेताहरूलाई निर्देशन दिए। उनले सरकारका कदम जायज र उचित नभएकाले त्यसको विरोध गर्नुपर्ने अवस्था आएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad