नेपाली सेनाले आफ्नो एक सूचनामा फेसबुकमा कमेन्ट गर्न नमिल्ने बनाएको छ।
सुकुम्वासीको विवरण संकलन बारे प्रस्टिकरण गर्दै जारी गरेको सूचनामा कमेन्ट गर्ने विकल्प बन्द गरेको हो।
यो सूचना बुधबार दिउँसो २ः४८ मा आफ्नो फेसबुकमा शेयर गरेको छ। जसमा लाइक र शेयर गर्ने विकल्प भए पनि कमेन्ट गर्न भने मिल्दैन। तर बुधबार नै पोष्ट गरेका अन्य सामग्रीमा भने कमेन्टको विकल्प पनि खुला छ।
नेपाली सेनाले सुकुम्वासीहरुको विवरण माग गर्दै स्थानीय तहलाई पत्राचार गरेको समाचार बाहिरिएपछि यी विवकरण संकलन गर्नुको कारण बारे स्पष्ट बनाउने प्रयास विज्ञप्ति मार्फत गरिएको थियो। सेनाले उक्त सूचनामा विपद् पूर्व तयारीको लागि विवरण संकलन गरिरहेको दाबी गरेको छ।
तर स्थानीय गणहरुबाट गरिएको पत्राचारमा भने सुकुम्वासी बस्ती व्यवस्थापनका लागि विवरण माग गरिएको उल्लेख थियो। मंगलबार विवरण संकलन बारेका समाचार बाहिरिएपछि सेनाको यो कार्यको आलोचनात्मक टिप्पणी भइरहेका छन्।
यस्तो अवस्थामा यही बारेको सूचनामा भने सेनाले कमेन्ट गर्न पनि नमिल्ने बनाएको हो।
सेनाको दाबी: सुकुम्बासीको विवरण संकलन विपद् प्रतिकार्य पूर्वतयारी हो
सुकुम्बासीको विवरण संकलन गर्दै सेना, सीडीओ भन्छन्- हामीलाई थाहा छैन
Shares

प्रतिक्रिया