राजनीति


कीर्तिपुर क्रिकेट मैदानको सम्झौता नवीकरण हुन्छ : सरकारका प्रवक्ता

कीर्तिपुर क्रिकेट मैदानको सम्झौता नवीकरण हुन्छ : सरकारका प्रवक्ता

नेपालखबर
बैशाख १४, २०८३ सोमबार १५:१८, काठमाडौँ

सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान नभत्काइने बताएका छन्। 

सोमबार मन्त्रिपरिषद्का निर्णय सुनाउने क्रममा सञ्चारकर्मीले त्रिवि क्रिकेट मैदानबारे सोधेको प्रश्नमा सरकारका प्रवक्ता पोखरेलले नभत्काइने बताएका हुन्। ‘राज्यको यत्रो लगानी भएको छ, दुवै राज्यकै निकाय हुन्, भत्किने भन्ने हुँदैन,’ पोखरेलले भने। 

त्रिभुवन विश्वविद्यालयले आफ्नो जग्गामा रहेका भौतिक संरचना खाली गर्न पत्राचार गरेको छ। यसैक्रममा नेपाल क्रिकेट संघ (क्यान)लाई पनि पत्र पठाएर क्रिकेट मैदान खाली गर्न भनेको छ। 

यसैलाई लिएर सञ्चारकर्मीले सरकारका प्रवक्ता पोखरेललाई प्रश्न गरेका थिए। यस विषयमा आजै बिहान आफूले त्रिविका उपकुलपतिलगायत पदाधिकारीसँग छलफल गरेको उनले सुनाए। 

‘आजै बिहान छलफल भएको थियो, सकारात्मक कुरा भएको छ,’ पोखरेलले भने, ‘त्रिवि मैदान खाली गराउने उद्देश्य होइन। लिज सकिएकाले लिज एग्रिमेन्ट फेरि गर्नुपर्नेछ।’

त्रिवि र क्यानबीच नयाँ सम्झौता हुने उनको भनाइ थियो। ‘नयाँ खालको लिज एग्रिमेन्टसहित आउँछ, त्यसमा कुनै समस्या छैन,’ पोखरेलले भने। 

त्रिवि र क्यानबीचको सम्झौता यहि महिनामा सकिँदै छ। क्रिकेट प्रतियोगिताका कारण पढाइमा असर पुगेको भन्दै त्रिविले सम्झौता थप नगर्ने जनाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad