नेकपा एमालेले पार्टी सदस्यता नवीकरणको म्याद थप गरेको छ।
चैतभित्र सक्नुपर्ने नवीकरण प्रतिनिधि सभाको चुनावको कारण नसकिएको भन्दै अब जेठ मसान्तसम्म नवीकरण गर्ने समय तोकिएको हो।
प्रदेश कमिटीका अध्यक्षहरू सम्मिलित समन्वय/परामर्श वैठकले सो निर्णय गरेको भन्दै महासचिव शंकर पोखरेलले निर्णय कार्यान्वयनका लागि भन्दै तल्लो तहमा निर्देशन प्रस्ताव पठाएका छन्।
एमालेले पार्टी सदस्य र पार्टी संगठित सदस्य गरी दुई प्रकारका सदस्य हुने व्यवस्था गरेको छ। सोही अनुसार दुवै प्रयोजनको लागि अनलाईन फर्म निर्माण गरिएको छ।
‘पार्टी सदस्यता नवीकरण र वितरणको कार्यलाई जेष्ठ मसान्तको समय अवधि कायम गरी अनलाइन प्रविधिको माध्यमबाट भौतिक उपस्थितिमा नवीकरण गर्ने गरी प्रक्रिया अगाडि बढाउने,’ निर्णयमा भनिएको छ।

प्रतिक्रिया