क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका महासचिव सीपी गजुरेलले वर्तमान सरकार फासीवादी शैलीमा चलिरहेको आरोप लगाएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारको गतिविधि फासीवादी शैलि भएको जिकिर गरेका हुन्।
महासचिव गजुरेलले सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउने कुरा, विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने कुरा पञ्चायती व्यवस्थामा पनि नभएको भन्दै आपत्ति जनाए। उनले सरकार नेपाली जनताको हितमा नभएको पनि स्पष्ट पारे।
महासचिव गजुरेलले भने, ‘सरकार बनेको एक महिना पुगेको छैन सुकुम्वासीलाई त्यहाँबाट हटाउनको निम्ति डोजर लगाउने भनेर आज सुनियो। अब यो त फासीवादको प्रयोग गर्ने हो नि। अब विद्यार्थीहरूले संगठन खोल्न हुँदैन भनेर निर्णय गर्नु भनेको त फासीवाद हो नि। पञ्चायती व्यवस्थापनमा पनि त्यो थिएन नि।’
महासचिव गजुरेलले मुलुकलाई संकटबाट जोगाउन सबै क्रान्तिकारी, देशभक्त शक्तिहरुबीच सहकार्य गरेर अघि बढ्नुको विकल्प नभएको पनि बताए।
Shares

प्रतिक्रिया