राजनीति


संविधान संशोधनको बहसपत्र बनाउन सिंहदरबारमा छलफल

संविधान संशोधनको बहसपत्र बनाउन सिंहदरबारमा छलफल

नेपालखबर
बैशाख १०, २०८३ बिहिबार १६:१०, काठमाडौँ

संविधान संशोधनका लागि बसहपत्र बनाउने विषयमा छलफल गर्न कार्यदलको बैठक बसेको छ। 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संविधान संशोधन बसहपत्र तयार गर्ने कार्यदलको बैठक बसेको हो। सरकारले प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा कार्यदल बनाएको थियो। 

कार्यदलको बैठकमा संविधान संशोधनको बहसपत्रबारे छलफल हुने जनाइएको छ। यसअघि पहिलो बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि र कार्यदलका सदस्यबीच छलफल भएको थियो। 

कार्यदलले सबै राजनीतिक दललाई संविधान संशोधनका विषयमा प्रस्ताव मागेको थियो। केही दलले प्रस्ताव पठाएका छन् भने केहीले पठाउन बाँकी छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad