श्रम संस्कृति पार्टीको केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिबारे छलफल भइरहेको छ।
अध्यक्ष हर्क साम्पाङले बिहीबार बिहान बैठक बोलाएका हुन्। ललितपुरको नख्खीपोटस्थित किरात राई यायोख्याको भवनमा श्रम संस्कृति पार्टीको केन्द्रीय समिति बैठक बसिरहेको छ।
बुधबार मात्रै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) छोडेका पूर्वमन्त्री सुदन किरातीलाई श्रम संस्कृति पार्टीमा भित्र्याउने साम्पाङको तयारी छ। त्यस विषयमा पनि छलफल भइरहेको एक केन्द्रीय सदस्यले बताए।
समसामयिक राजनीतिसँगै विभिन्न दलका नेतालाई पार्टीमा भित्र्याउने विषयमा छलफल भइरहेको जनाएको छ। यससँगै सरकारका गतिविधि र आगामी संसद् अधिवेशनका विषयमा पनि छलफल जारी रहेको जनाइएको छ।
1.2k
Shares

प्रतिक्रिया