नेपाली कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित समितिले आजदेखि काम सुरु गरेको छ।
कांग्रेस उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित १७ सदस्यीय समितिको पहिलो बैठकमा पार्टी सभापति गगन थापा, महामन्त्री प्रदिप पौडेल, सहमहामन्त्रीद्वय उदयशमसेर राणा र योगेन्द्र चौधरी पनि सहभागी थिए। बैठकमा सभापति थापाले संविधान संशोधनको आवश्यकता र समितिको जिम्मेवारीबारे बोलेका थिए।
संविधान बनेको १० वर्षभन्दा बढी भइसकेको र अभ्यासका क्रमममा केही प्रावधान संशोधनको आवश्यकता महसूस गरिएको सभापति थापाको भनाई थियो। लोकतन्त्र, नागरिक अधिकार, राष्ट्रियता र समुन्नतीलाई केन्द्रमा राखेर संविधान संशोधनको छलफल चलाउन उनले सुझाव दिए।
समितिले सुरुमा संविधानको शुक्ष्म अध्ययन गरि संशोधनका लागि प्रस्तावित मस्यौदा तयार पार्ने र सरोकारवाला, विज्ञ तथा आम नागरिकसँग वृहत छलफल गर्ने योजना बनाएको समितिका सदस्य सचिव राजु कटुवालले बताए। सरकारले बनाएको समितिमा पार्टीको तर्फबाट प्रतिनिधि पठाउनेबारे कुनै निर्णय नभएको सदस्य सचिव कटुवालले बताए।
Shares

प्रतिक्रिया