राजनीति


विद्यार्थी संगठन र स्ववियु खारेज गर्ने निर्णय सरकारको अधिनायकवादी कदम: पूर्णबहादुर खड्का

विद्यार्थी संगठन र स्ववियु खारेज गर्ने निर्णय सरकारको अधिनायकवादी कदम: पूर्णबहादुर खड्का

नेपालखबर
बैशाख ८, २०८३ मंगलबार १८:५६, काठमाडौँ

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विश्वविद्यालयमा विद्यार्थी संघ संगठत र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को खारेज गर्ने निर्णयलाई सरकारको अधिनायकवादी कदम भनेका छन्। 

खड्काले मंगलबार प्रेस विज्ञप्ति जारी गरी विद्यार्थी संगठन र स्ववियु खारेज गर्ने निर्णय गलत भएको जनाएका छन्। ‘जुन लोकतान्त्रिक स्वतन्त्रताको उपयोग गरेर आज सरकारमा बालेन शाह जस्ता युवा नेतृत्व स्थापित भएका छन्, त्यही सरकारबाट लोकतन्त्रको नर्सरी मानिने विद्यार्थी संघ संगठन र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अस्तित्वमाथि प्रहार गरी खारेज गर्ने निर्णय गर्नु आफैमा विरोधाभाषपूर्ण मात्र होइन, सरकारको अधिनायकवादी कदमका रुपमा बुझ्न बाध्य भएका छौँ,’ खड्काले भनेका छन्। 

विद्यार्थी संघ संगठनले शैशिक्ष व्यथिती र विसंगतीविरुद्ध खबरदारी गर्दै आएको उनले उल्लेख गरेका छन्। स्ववियुको माध्यमबाट  आम नागरिकका छोराछोरीले नीति निर्माणमा सहभागी हुन पाउने र नेतृत्व विकास गर्न पाउने अवसर पाएको उनले स्मरण गराएका छन्। 

विद्यार्थी संघ संगठन र स्ववियुलाई खारेज गर्ने निर्णयले मौलिक हकको उल्लघंन भएको खड्काले जनाएको छन्। ‘संघ संगठन एवं स्ववियुभत्रि देखिएका केही प्राविधिक तथा व्यवहारिक कार्यशैलीगत कमजोरीलाई देखाएर समग्र आन्दोलन र संरचनाकै खारेजीको कुरा गर्नु लोकतान्त्रिक मूल्य, मान्यता र संविधान प्रदत्त संगठित हुन पाउने मौलिक हकको ठाडो उल्लघंन हो,’ खड्काले भनेका छन्। 

विद्यार्थी संघ संगठन र स्ववियु खारेज गर्ने निर्णय सच्याउन माग गरेका छन्। अन्यथा यसका विरुद्धमा हुने आन्दोलनबाट आउने परिणामको जिम्मा सरकारले लिनुपर्ने चेतावनी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad