राजनीति


सिंहदरबारभित्रै प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने नेविसंघका चार कार्यकर्ता पक्राउ

सिंहदरबारभित्रै प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने नेविसंघका चार कार्यकर्ता पक्राउ

नेपालखबर
बैशाख ८, २०८३ मंगलबार १६:४९, काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाहविरुद्ध नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले सिंहदरबार परिसरभित्रै नाराबाजी गरेको छ।

त्यसक्रममा प्रहरीले चार जना विद्यार्थी नेतालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 

उनीहरूलाई सिंहदरबार वृतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए। 

सरकारले विश्वविद्यालयमा विद्यार्थी संगठनका गतिविधि बन्द गर्न लागेको, पेट्रोलियम पदार्थ लगायतको मूल्यवृद्धि गरेको तथा विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै नेविसंघ आन्दोलित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad