राजनीति


एमालेले राख्न छाड्यो आफ्नो प्रचार सामग्रीमा ओलीको तस्बिर

एमालेले राख्न छाड्यो आफ्नो प्रचार सामग्रीमा ओलीको तस्बिर

नेपालखबर
बैशाख ८, २०८३ मंगलबार १३:८, काठमाडौँ

नेकपा (एमाले)ले आफ्नो प्रचार सामग्रीमा अध्यक्ष केपी शर्मा ओलीको तस्बिर राख्न छाडेको छ। 

एमालेले भोलि (बुधबार) कम्युनिष्टको पार्टीको ७७औँ स्थापना दिवस मनाउँदैछ। त्यसअवसरमा केन्द्रीय कार्यालय च्यासलमा विशेष कार्यक्रम हुँदैछ।

एमाले महासचिव शंकर पोखरेलले सार्वजनिक गरेको स्थापना दिवसको प्रचार सामग्रीमा ओलीको तस्बिर राखिएको छैन। 

पोखरेलले सार्वजनिक गरेको प्रचार सामग्रीमा कम्युनिस्ट पार्टीका संस्थापक सदस्यसँगै एमालेका पूर्व महासचिव मदन भण्डारी र पूर्वअध्यक्ष मनमोहन अधिकारीको मात्र तस्बिर छ। एमालेले यसअघिका सबैजसो प्रचार सामग्रीमा अध्यक्ष ओलीको तस्बिर राख्ने गरेको थियो। 

एमाले सचिवालय बैठकले २ वर्षअघि सार्वजनिक कार्यक्रम सम्बन्धी ५ बुँदे मापदण्ड जारी पार्दै सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षबाहेक अन्य कसैको पनि फोटो प्रयोग नगर्ने निर्णय गरेको थियो।

कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन भन्दै एमालेले पार्टी र जनसंगठनहरूले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षबाहेक अन्यको फोटो प्रयोग नगर्न एमालेले त्यतिबेला आन्तरिक सर्कुलर नै गरेको थियो। 

गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा पनि अधिकांश एमाले उम्मेदवारले ओलीको तस्बिरबिनै चुनाव प्रचार गरेका थिए।  

चुनावमा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा ५ बाहेक अन्त कतै गएर चुनावी सभालाई सम्बोधनसमेत गरेका थिएनन्। 

पछिल्लो समय एमालेभित्र नेतृत्व परिवर्तनको बहस तीव्र बन्न थालेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad