राजनीति


अर्थमन्त्रीसहित योजना आयोग र नीति प्रतिष्ठानसँग प्रधानमन्त्री शाहको छलफल

अर्थमन्त्रीसहित योजना आयोग र नीति प्रतिष्ठानसँग प्रधानमन्त्री शाहको छलफल

नेपालखबर
बैशाख ८, २०८३ मंगलबार १२:३६, काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्रीसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानको टोलीसँग छलफल गरिरहेका छन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारको राष्ट्रिय प्राथमिकता, यी निकायहरूको जिम्मेवारी, कार्यक्रम र बजेटबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा दुवै निकायले काम गर्दा भोगिरहेका चुनौती र सुधारका मुख्य सुझावबारे समेत छलफल हुने जनाइएको छ। 

छलफलमा प्रधानमन्त्री शाह, अर्थमन्त्री स्वर्णिम वाग्लेसँगै राष्ट्रिय योजना आयोगका र नीति आयोगका प्रमुखसँगै प्रतिनिधि सहभागी छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad