राजनीति


कान्छारामलाई कांग्रेसले सोध्यो तीन दिने स्पष्टीकरण

कान्छारामलाई कांग्रेसले सोध्यो तीन दिने स्पष्टीकरण

नेपालखबर
बैशाख ७, २०८३ सोमबार १९:५५, काठमाडौँ

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले जिल्ला कार्यसमिति रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई स्पष्टीकरण सोधेको छ।

पदीय मर्यादाको ख्याल नगरी नेपाली कांग्रेस पार्टी र पार्टीको नेतृत्वका विरुद्ध बदनियत राखि भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै उनलाई स्पष्टीकरण सोधेको हो।

आज बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उनलाई नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ३ दिनभित्र स्पष्टीकरण सोध्ने निर्णय गरेको सचिव दिनेश थापामगरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad