पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)का जनसंगठत प्रमुखहरूसँग छलफल गरेकी छन्।
शुक्रबार भण्डारीले एमाले सचिव एवं जनसंगठत समन्वय समिति इन्चार्ज भानुभक्त ढकालसहित जनसंगठन प्रमुखहरूसँग छलफल गरेकी हुन्। भण्डारीले आउँदो असार १४ मा मदन भण्डारीको हिरक जयन्ती समारोहका विषयमा छलफल गर्न भनेर नेताहरूलाई बोलाएकी थिइन्।
उनीहरूबीच समसामयिक राजनीति र एमालेभित्रको विवादका विषयमा पनि छलफल भएको जनाइएको छ। छलफलमा सहभागी एक नेताका अनुसार, एमाले नेतृत्व परिवर्तका विषयमा समेत कुराकानी भएको छ।

प्रतिनिधि सभाको निर्वाचनमा नराम्रोसँग पराजित भएपछि एमालेभित्र नेतृत्व परिवर्तनको बहस सुरु भएको छ। एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल समेत नेतृत्व परिवर्तका लागि मोर्चाबन्दीमा लागेका छन्।
त्यस्तै, पूर्वराष्ट्रपति भण्डारी निकट नेताहरू छुट्टै लबइङमा छन्। उनीहरू भण्डारीलाई एमालेमा फर्काउने विषयमा देखिएका छन्।
यहि विवादबीच भण्डारीले एमालेका जनसंगठत प्रमुखसँग छलफल गरेकी हुन्। एमाले सचिव एवं जनसंगठन समन्वय समितिका इन्चार्ज ढकालले भने मदन भण्डारी हिरक जयन्त कसरी राम्रो र व्यवस्थित रुपमा मनाउन सकिन्छ भन्ने विषयमा गहन छलफल भएको बताए।
Shares

प्रतिक्रिया