राजनीति


बालेन सरकारले प्रयोग गरेको ‘बफर स्टेट’ शब्दप्रति प्रदीप ज्ञवालीको आपत्ति

बालेन सरकारले प्रयोग गरेको ‘बफर स्टेट’ शब्दप्रति प्रदीप ज्ञवालीको आपत्ति

नेपालखबर
बैशाख २, २०८३ बुधबार ११:३९, काठमाडौँ

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सरकारले देशको भूराजनीतिक अवस्थितिलाई ‘बफर स्टेट’ शब्द प्रयोग गरेकोप्रति आपत्ति जनाएका छन्। 

अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा प्रयोग गरिने प्रत्येक शब्दको विशेष अर्थ हुने उल्लेख गर्दै पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले ‘बफर स्टेट’ शब्दप्रति असहमति जनाएका हुन्। 

‘भर्खरै सरकारले तयार गरेको ‘राष्ट्रिय प्रतिबद्धता’को बुँदा नं १४ ‘अन्तर्राष्ट्रिय कूटनीति र परराष्ट्र सम्बन्ध’ शीर्षकमा ‘नेपाललाई ‘बफर स्टेट’बाट ‘भाइब्रेन्ट ब्रिज’का रूपमा रूपान्तरण गर्ने’ र ‘सबैसँग समदुरी र समनिकटताको नीति अवलम्बन गर्ने’ विषय उल्लेख गरिएको रहेछ’, ज्ञवालीले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा प्रयोग गरिने प्रत्येक शब्दको विशेष अर्थ हुन्छ। नेपालले आफ्नो भूराजनीतिक अवस्थितिलाई कहिल्यै ‘बफर राज्य’ भनेको छैन र छिमेकी मित्र राष्ट्रहरूले पनि यस्तो शब्द प्रयोग गरेका छैनन्। हाम्रा छिमेकीहरूबिच अनन्त दुश्मनी र द्वन्द्व पनि छैन, जसको सन्दर्भमा यस्तो शब्दको प्रयोग प्रासंगिक देखियोस्।’

उनले अगाडि लेखेका छन्, ‘यही कुरा ‘समनिकटता’ र ‘समदुरी’का हकमा पनि लागु हुन्छ। राष्ट्रिय हितको रक्षा, स्वतन्त्र परराष्ट्र नीति र बाह्य सम्बन्धमा सन्तुलन मुख्य विषय हो। मुद्दा, साझेदारी र सन्दर्भअनुसार हाम्रा सम्बन्धका आयाम फरक हुन सक्छन्। त्यस अर्थमा हाम्रा सम्बन्धहरूमा सधैँभरि उही मापन र आयतन नरहन पनि सक्छ। सरकारी दस्ताबेजहरूमा भाषिक प्रयोगहरूमा पर्याप्त सावधानी आवश्यक हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad