राजनीति


प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल

प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल

नेपालखबर
चैत ३०, २०८२ सोमबार १६:१७, काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाहले बागमती प्रदेशका प्रतिनिधि सभाका सदस्यसँग छलफल गरेका छन्। 

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बागमतीबाट प्रत्यक्ष निर्वाचित सांसदसँग शाहले छलफल गरेका हुन्। विकास निर्माण र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

छलफलमा क्रममा बागमती प्रदेशका सांसदले आआफ्नो क्षेत्रका समस्या र विकास योजनाबारे जानकारी गराएका थिए। उनीहरूले आगामी वर्षको बजेटमा आफ्नो क्षेत्रका योजना राख्न आग्रह गरेका छन्। 

यसअघि प्रधानमन्त्री शाहले कोसी, मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिमका सांसदसँग छलफल गरेका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad