सरकारका प्रवक्ता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र उनको परिवारका नाममा काठमाडौं, मोरङ र ललितपुरमा घरजग्गा छ।
२५ तोला सुन, १०० तोला चाँदी भएका पोखरेलको बैंक खातामा ४ लाख ४७ हजार ९९४ रुपैयाँ मौज्दात रहेको छ।
बुवा रमेशकुमार पोखरेलसहितका सदस्यहरूको नाममा करिब ३० लाख बराबरको सेयरमा लगानी गरेको छ। बुवा रमेशकुमारको राष्ट्रिय बचत पत्रमा ९६ लाख ९० हजार रुपैयाँ बराबर छ। बुबा राष्ट्र बैंकबाट निवृत्त हुँदा पाएको रकमलाई उनले यसको स्रोतको रुपमा देखाएका छन्।
आमा मिनाक्षी ओझा पोखरेलको नाममा राष्ट्रिय बचत पत्रमा ५० लाख रुपैयाँ बराबरको शेयर छ। मन्त्री पोखरेलले आफ्नो र आमा मिनाक्षीको नाममा ७५ लाख ऋण रहेको विवरण बुझाएका छन्।
हिमालयन बैंकमा आफ्नो नाममा २५ लाख र माच्छापुच्छ्रे बैंकमा आमाको नाममा ५० लाख कर्जा रहेको उल्लेख छ।
बुवा र आफ्नो नाममा दुईवटा सवारी साधन रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
सम्पत्ति विवरणमा कूल सम्पत्ति २४ करोड १६ लाख २७ हजार र ऋण ७५ लाख उल्लेख छ। उनको खुद सम्पत्ति २३ करोड ४१ लाख २७ हजार रुपैयाँ बराबरको छ।
Shares

प्रतिक्रिया